

सशस्त्र हवल्दार थारू बकाइनोको रूखमा झुन्डिएको अवस्थामा मृत फेला

बर्दिया । बर्दियामा सशस्त्र प्रहरी बलका हवल्दार मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार सशस्त्र प्रहरी हवल्दार दारासिंह थारु शनिबार मृत फेला परेका हुन् ।
जिल्लाको बीओपी मधुवन-७ शुक्रबस्ती तारातालमा कार्यरत थारु दिउँसो बकाइनोको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बढैयाताल गाउँपालिका मैनापोखरका ३९ वर्षीय थारु बीओपी नजिकको रुखमा पासो लगाएर झुण्डिएको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोली घटनास्थल पुगेको थियो ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।