

वैकल्पिक यी ४०, सशस्त्र असईदेखि कूचीकारसम्मको नियुक्तिका लागि बोलाइयो (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले वैकल्पिक सूचीमा रहेका वैकल्पिक सूचीमा रहेका ४० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
२०७८ भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न मितिमा लिइएको परिक्षा र प्रकाशित नतिजामा वैकल्पिक सूचीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचर (भान्छे) र सशस्त्र प्रहरी परिचर (कूचिकार) का लागि नियुक्तिका लागि आह्वान गरेको छ ।
जसअनुसार असई ४ जना, जवान २८ जना, भान्छे ७ जना र कूचीकार १ जनालाई नियुक्तिका लागि यही चैत १२ गते सशस्त्र प्रहरीको भर्ना तथा छनोट शाखा हल्चोकमा उपस्थित हुनका लागि सूचना प्रकाशित गरेको छ ।