

बरिष्ठ लोकगायक लम्सालको निधन, पितृशोकमा सागर लम्साल ‘बले’

काठमाडौं । बरिष्ठ लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ ।
लामोसमयदेखि स्पेनमा बस्दै आएका लम्सालको निधन भएको अमेरिकामा रहेका बरिष्ठ लोकगायक भगवान् भण्डारीले जनाएका छन् । भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, दुस्खद खबर १ आदरणिय अग्रज राजेन्द्र लम्साल दाजु हजुरको बैकुण्ठ बास् होस् । हार्दिक श्रद्धा सुमन १
लामोसमयदेखि स्पेनमा रहेका लम्सालको स्पेनमै निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । बरिष्ठ लोकगायकका रुपमा परिचित लम्साल केही महिनादेखि बिरामी रहेका थिए ।
मौलिक गीतका धरोहर मानिएका लोकगायक लम्सालको शिरमा रिबन सलको पछेउरि,भिरमा टुनि,वलिङ्ग फिर फिरे,डोरिको तीन फुदा, ज्याग्दी खोलाको किनारै बसेर…बोलको गीत चर्चित थियो । उनी चर्चित कलाकार सागर लम्साल ‘बले’का बुवा समेत हुन् ।