

सशस्त्र सहायक हवल्दार सेन अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा लिएको हो ।
उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको आयोगले जनाएको छ ।