

कक्षा १२ को परीक्षा तालिका प्रकाशित, कहिलेदेखि हुन्छ त परिक्षा ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।
जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।