आइसीसी बिश्वकप लिग–२: नेपाल र युएईबीचको अन्तिम खेल आज
काठमाडौं । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ
दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।
नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ ।
सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो ।
अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।