

लहानका दलित वस्तीका २३९ परिवारलाई खानेपानीका धारा

लहान । लहान नगरपालिकाले नगर क्षेत्रभित्रका खानेपानी नपुगेका स्थानमा धारा जडान सुरु गरेको छ । लहान नगरपालिका र वाटर एडको संयुक्त सहकार्यमा वडा नं. १० गुदीगाउँका दलित वस्तीका लागि स्थानीय दलित जनकल्याण युवा क्लबले धारा जडान गरिरहेको हो ।
उक्त कार्यका लागि नगरपालिका प्रमुख मधेश चौधरीले शुक्रबार गुदीगाउँको दलित बस्तीबाट धारा जडान सुरु गरेका हुन् ।
मेयर चौधरीका अनुसार पहिलो चरणमा लालपूर्जा र नभएका गरी २३९ घर परिवारलाई सहयोग गरिएको हो । नगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता अभियान अन्तर्गत ती दलित वस्तीहरुमा सहयोग गरिएको पनि मेयर चौधरीले जनाए ।