प्रहरी महानिरीक्षक सिंह इन्टरपोलको क्षेत्रीय सम्मेलनमा भाग लिन यूएई प्रस्थान



काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) ठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका छन्।

May be an image of 5 people and people standing

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक बिदाइ गरेका छन्।

त्रिदिवसीय उक्त सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधिमण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरूमा बृहत् छलफल हुने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

May be an image of 5 people, people sitting and indoor