

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाई

तनहुँ – नाबालिका गायिका बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जिल्ला अदालतबाट सफाई पाएका छन् ।
पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् ।
सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।
नवलपुरबाट यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइसकेको छ ।
तनहुँबाट सफाइ पाएपनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् ।
नवलपुर जिल्ला अदालतले सुनाएको साढे २ वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेल मुक्त हुनेछन् । शाह करीब १० महिनायता थुनामा छन् ।