

यस्तो छ प्रचण्डको ४ उपप्रधानमन्त्रीसहित १५ मन्त्री र ३ राज्यमन्त्रीको मन्त्रीमण्डल र कार्यविभाजन

काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन्
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् ।
सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । । यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् ।