

श्रीमान् सेनाको मेजर, श्रीमती राज्यमन्त्री !

काठमाडौं । अर्घाखाँचीकी सुशीला श्रीपाली यसपटक मन्त्री बन्ने अवसर पाएकी छिन् ।
माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागकि उड्डयन राज्यमन्त्री बनेकी श्रीपाली नेपाली सेनामा कार्यरत सैनिक अधिकृतकी श्रीमती हुन् ।
उनका श्रीमान् माओवादी सेना समायोजनका समयमा समायोजन हुँदै नेपाली सेनामा कार्यरत छन् । उनी नेपाली सेनाकी मेजर डम्मरसिंह ठकुरीकी श्रीमती हुन् ।
राज्यमन्त्री श्रीपाली मंगलबार दिउँसो गरिएको मन्त्री तथा राज्यमन्त्रीको शपथमा गृहजिल्ला अर्घाखाँचीमै भएका कारण छुट्न पुगेकी छिन् ।
राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताइन् ।
२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन् ।