

सफाई पाए पनि पल शाह अझै डेढवर्ष जेलमै !

तनहुँ । नाबालिका गायिका बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जिल्ला अदालतबाट सफाई पाए पनि अझै करिब डेढवर्ष जेलमुक्त हुने छैनन् ।
तनहुँ जिल्ला अदालतको आदेश आउनु अगाडि नै नवलपुर जिल्ला अदालतले उनलाई साढे २ वर्ष जेल सजाय सुनाइसकेको छ । त्यसकारण सो अदालतको आदेश बमोजिम पल अझै करिब डेढ वर्ष जेल बस्नुपर्ने देखिन्छ ।
पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् ।
सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।
नवलपुरबाट यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाएको थियो ।