

अमेरिकामा दुर्घटनामा परि हेम्जाका थापाको मृत्यु, शव ल्याउन सहयोग उठाइँदै

न्यूयोर्क । अमेरिकामा रहेका पोखराका एक युवकको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
विगत ७ वर्ष अगाडि अध्ययनको शिलशिलामा अमेरिका पुगेका पोखरा महानगरपालिका वडा नं. २५ स्थायी घर भएका मनोज थापाको शनिबार सवारी दुर्घटनामा परि मृत्यु भएको जनाइएको छ ।
शनिबार राति १ः१५ बजे न्युयोर्क सिटीमा उनी चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिँदा गाडीबाट बाहिर निस्केर हेर्न खोज्दा फेरि अर्को गाडीले उनलाई नै ठक्कर दिएर उनको निधन हुन गएको जनाइएको छ ।
उनको शब परिवारको आग्रह अनुसार नेपाल ल्याउनका लागि अमेरिकामा आर्थिक सहयोग संकलन गर्न थालिएको छ । उनका आमा बुवाका साथै एक बहिनी र एक भाइ नेपालमै छन् ।