

दीपेन्द्र अब लागे ‘नांगो गाउँ’ तिर…

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’ बनाउने घोषणा गरेका छन्। अभिनेता दयाहाङ राई र मिरुना मगरको अभिनय रहने नयाँ फिल्म बनाउने जानकारी उनले आफैँ सार्वजनिक गरेका छन्।
फिल्ममा निर्देशनमात्र होइन लेखनसमेत लामाको रहनेछ। उनको निर्देशन रहेको पछिल्लो फिल्म ‘दुई नम्बरी’ सुपरहिट भएको थियो। ‘नांगो गाउँ’ लामाको पाँचौँ फिल्म हुनेछ। यसअघि ‘गोपी’, ‘घामपानी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेका छन्।
‘नांगो गाउँ’का लागि दयाहाङ र मिरुना अनुबन्धित भइसके पनि बाँकी कलाकार छनोट हुन बाँकी रहेको निर्देशक लामाको भनाइ छ।
‘फिल्मका लागि दयाहाङ राई र मिरुना मगर फाइनल भएका छन्,’ उनले भने, ‘अरू कलाकार छनोट हुन बाँकी नै छ।’ फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ।