

सचिव र आयोग पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।
बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग र ११ बजे विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
स्रोतका आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र मन्त्रालयका सचिवहरूसँग सुशासनबारे प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।