

गृहमन्त्रीले मनाए जुजु धौ काटेर श्रीमतीको बर्थ डे

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले श्रीमतीको जन्मदिनमा नयाँ प्रयोग गरेका छन् । शनिबार परेको श्रीमती निकीताको जन्मदिनका दिन गृहमन्त्री लामिछानेले जुजु धौ काटेर जन्मदिन मनाएका छन् ।
लामिछानेले दही काट्नुका साथै मैन बत्ति निभाउने नभई दियो बालेर जन्म दिन मनाएको पत्नी निकिताले बताइन् ।
मन्त्री निवास पुल्चोकमा बस्दै आएका गृहमन्त्री पती पत्नीले मौलिक ढंगले जन्मदिन मनाएको भन्दै निकीताले दही काटेको तस्बिर सार्वजनिक गरेकी छिन् ।