सिजी पोलिटेक्निक प्रतापपुरमा सीपमुलक तालिमको कक्षा सुरु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा सिपमुलक तालिमको कक्षा सुरु भएको छ । सिजी पोलिटेक्निक प्रतापपुर शाखामा सुरु भएको सिपमुलक तालिमको लुम्विनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उद्घाटन गरे ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतापपुर–७ का वडाध्यक्ष हरेन्द्र यादवले स्वागत मन्तब्य राखेका थिए भने चौधरी ग्रुपका बरिष्ठ महाप्रवन्धक मधुसुदन ज्ञवालीले कार्यक्रमका साथै तालिमको बारेमा प्रकास पारेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रदेसभा सदस्य कलवारले पश्चिम नवलपरासीलाई राजनीतिक जीवनको केन्द्रविन्दुमा राखेकोमा संघीय सांसद विनोद चौधरीप्रति आभार व्यक्त गर्दै देशकै एक उदाहरणीय जिल्लाका रूपमा अगाडी बढाउने सपना र योजनाका साथ अगाडी बढ्दै गर्दा यहॉका युवा र किसानहरू लक्षित कार्यक्रम सुरु गरेकोमा धन्यवाद समेत दिएका थिए ।

उनले संघीय सांसद चौधरीले देखेको समृद्धिको सपनामा यस पोलिटेक्निकबाट उत्पादन भएका जनशक्तिले साथ दिने र उच्च योग्यताका विद्यार्थीहरू उत्पादन हुने विश्वास पनि लिए ।

कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष यादवले संघीय सांसद विनोद चौधरी गरेको युवा स्वरोजगार र विकास केन्द्रित राजनीतिको पहिलो पाईलास्वरूप सुस्ता गॉउपालिकामा केराबाट उत्पादन हुने चिप्स उद्योग र प्रतापपुरमा बहुउद्देश्यसहितको टेक्निकल स्कुलको स्थापनाको पहिलो खुट्किला शुरू भएको जनाए । पोलिटेक्निक स्कुलमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई शुभकामना दिदै यादवले गाउँपालिका सधै युवाहरूको सीप बिकासमा साथ रहने जानकारी दिँदै प्राबिधिक शिक्षामा सहयोग गरेकोमा चौधरी ग्रुप तथा सिजि पोलिटेक्निक परिवारलाई धन्यवाद समेत दिए ।

हाल सिजी पोलिटेक्निक शाखा कार्यालय प्रतापपुरमा इलेक्ट्रिकलतर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् भने कक्षा विहान ७ बजे बाट सॉझ ५ बजेसम्म चलिरहेको सिजी पोलिटेक्निकका प्रिन्सिपल शिवहरी ढकालले बताए । उक्त पोलिटेक्निक स्कुलको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका थिए ।

माननीय विनोद चौधरीको जनसम्पर्क कार्यालय नवलपरासी पश्चिमका जनसम्पर्क अधिकृत यज्ञ पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई अभिमुखीकरण कक्षा पनि सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *