

राईकोट जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो, यी हुन् मृतक र घाइतेहरु (नामसहित)

नवलपुर । दलदलेबाट डेढगाउँ जाँदै गरेको जिप दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेहरुको पहिचान भएको छ ।
हुप्सेकोट–५, राइकोटस्थित कान्छीपानीमा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बौंदीकाली–२ डेढगाउँकी केशरी दरै, ठेगाना थाहा नभएका यामबहादुर ठाडा, बुलिङटार गाउँपालिका वडा नं. ६ का होमबहादुर रानाभाट र सोही गाउँपालिका वडा नं. ५ की ६७ वर्षीया मनसभा बराल छन् ।
त्यस्तै घाइतेहरुमा जीप चालक दुर्गाबहादुर बिर्कट्टा, फुलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरै, सिजन दरै, सुना सुनार र उत्तम क्षेत्री रहेका छन् । यी ८ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।
त्यस्तै धनजीत नेपाली र देवबहादुर नेपाली सामान्य उपचारपछि घर फर्केका छन् ।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४-००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा साँझ साढे ५ बजेतिर भीरबाट खसेर दुर्घटना भएको थियो ।