

दलदलेबाट डेढगाउँ जाँदै गरेको जीप दुर्घटना

दलदले । पूर्वी नवलपुरको दलदलेबाट बौंदीकाली गाउँपालिकाको डेढगाउँ जाँदै गरेको जीप दुर्घटना भएको छ ।
जीप बुलिङटार गाउँपालिकाको धौवादी नजिकको कान्छीपानी भन्ने स्थान नजिकै दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा राइकोटकी एक महिला र डेढगाउँका दुई जनाको मृत्यु भएको भनिए पनि पुष्टी भने भइसकेकाे छैन ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जनाइएको छ । घाइतेहरुको उद्धार स्थानीय र प्रहरीले गरिरहेको जनाइएको छ । जीपमा १० जना सवार रहेको पनि जनाइएको छ ।
विस्तृत विवरण बाँकी