

राइकोट दुर्घटना अपडेटः भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

डेढगाउँ । पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४-००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।
मृतकमध्ये १ जना राइकोटकी महिला र बाँकी २ जना डेढगाउँका रहेका छन् ।