

स्याङ्जा-२ मा कांग्रेसका धनराजलाई फराकिलो अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई साढे २ हजार मतले पछि पारेका हुन् ।
गुरुङले ११ हजार २९९ मत ल्याउँदा अर्यालले ८ हजार ८६५ मत पाएकी छन् ।