काठमाडाैं महानगर प्रमुख बालेन र बुलिङटार प्रमुख दिपेन्द्रबीच भेटवार्ता



काठमाडौं । नवलपुर (सुस्तापूर्व) को बुलिङटार गाउँपालिकाका प्रमुख दिपेन्द्र मगर र काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

काठमाडौंमा भएको भेटघाटका अवसरमा दुई स्थानीय तहको सर्वाङ्गीण विकासका लागि फलदायी हुने विश्वा लिएको बुलिङटार गाउँपालिका प्रमुख मगरले बताए ।

May be an image of 7 people, beard, people sitting, people standing and indoor

भेटमा महानगरलाई थप सुदृढीकरण र स्मार्ट बनाउने विषयमा र बुलिङटारलाई सबल र आत्मनिर्भर बनाउने विषयमा पारस्परिक सहयोग गर्ने विषयमा छलफल केन्द्रीत रहेको मगरले बताए ।

दुवै स्थानीय तहका प्रमुखहरु इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।