म सम्पूर्ण बौंदीकालीबासीको अध्यक्ष हुँः ओझा

बौंदीकाली – बौंदीकाली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश ओझाले गाउँमा अब पार्टीको राजनीति सकिएको घोषणा गरेका छन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एमालेका गाउँ कार्य कमिटीका अध्यक्ष समेत रहेका ओझाले गाउँपालिका प्रमुखमा जित हात पारेसँगै विकासबाट पछि रहेको गाउँको विकासका लागि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनेपालसँगको कुराकानीमा अध्यक्ष ओझाले राजनीतिबाट माथि उठेर गाउँको विकासमा लाग्नका सबैलाई अनुरोध गरेका छन् ।

कुराकानीकै क्रममा ओझा आफू निर्वाचन अगाडि एमालेको उम्मेदवारमात्र रहेको तर निर्वाचित भइसकेपछि सम्पूर्ण बौंदीकालीबासीको अध्यक्ष भएको बताउँदै कुनै पनि राजनीतिक दलका कार्यकर्ताप्रति आफूका साथै कुनै जनप्रतिनिधिले पनि पूर्वाग्राही नराख्ने स्पष्ट पारे । प्रकाशले अगाडि भने, ‘हामी अब जनप्रतिनिधि हाैं, कुनै पार्टीको मात्र कार्यकर्ता होइनाैं ।’

नवनिर्वाचित अध्यक्ष ओझाले सोमबारबाट पदभार ग्रहण गर्ने जनाउँदै मतदानअघिसम्म मात्र पार्टीको राजनीति चलेको पालिकामा अब विकासको राजनीति चल्नुपर्ने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *