नवलपुर कांग्रेसः मतगणना अन्तिम अवस्थामा, उपसभापतिमा घिमिरे र राना अगाडी
नवलपुर । नवलपरासी (बर्दघाट—सुस्तापूर्व) को नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
जिल्ला सभापतिका लागि महेन्द्रध्वज जिसी सर्वसम्मत् चयन भएपछि जिल्ला कार्यसमितिका अन्य पदका लागि आइतबार मतदान भएको थियो ।
आइतबार भएको मतदानपछि सोमबार सबेरैदेखि सुरु भएको मतगणना अन्तिम चरणमा पुगेको मतगणनास्थलबाट एक उम्मेदवारले जनाएका छन् ।
अहिलेसम्म भएको मतगणनामा जिल्ला उपसभापतिमा सभापतिका आकांक्षी बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना अग्रपंक्तिमा रहेका छन् । उपसभापतिका लागि घिमिरे र रानाबाहेक उदयराज अधिकारी र पूर्णसिंह रानाले उम्मेदवारी दिएका छन् । घिमिरे जिल्ला सभापति महेन्द्रध्वज जिसी, संघीय संसदका उम्मेदवार विष्णु कार्की निकट मानिन्छन् भने चन्द्रबहादुर राना भने कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीनिकट मानिन्छन् ।
त्यस्तै जिल्ला सचिब पदका लागि महेन्द्र पोखरेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराई र होमराज रानाभाटले उम्मेदवारी दिएकोमा रानाभाट र पोख्रेल अगाडी रहेको जनाइएको छ ।
त्यस्तै सहसचिवका लागि उदय अर्याल, राजेश पौडेल र विन्दु काफ्लेले उम्मेदवारी दिएका छन् ।