प्रहरी हवल्दार ठगुन्नाले गुमाए ड्युटीकै क्रममा ज्यान

बझाङ । बझाङको तमैल प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार ३९ वर्षीय ललित सिंह ठगुन्नाको आइतबार बिहान अचानक ड्युटीको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार कैलाली घर भएका हवल्दार ठगुन्ना बिहान ड्युटी गर्दै गर्दा बेहोस भएका थिए। उनलाई तत्कालै जिल्ला अस्पताल चैनपुर लगिएको थियो, तर चिकित्सकले मृत घोषित गरेका थिए।

उनको शव हाल जिल्ला अस्पताल बझाङमा राखिएको छ। मृत्युको कारणबारे थप जानकारी पोस्टमार्टम रिपोर्टपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *