डिएसपी पन्थी भए कात्तिक महिनाकै सर्वोत्कृष्ट प्रहरी



काठमाडौ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी ‘वेस्ट पुलिस अफ द मन्थ’  घोषित भएका छन् ।

कात्तिक महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै ‘वेस्ट पुलिस अफ द मन्थ’ को उपाधीबाट सम्मानित गरेको हो ।

उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । कार्यालयले डिएसपी पन्थीलाई कार्यालयको पिलर ८ को जिम्मेवारी दिएको छ ।

उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ ।

पन्थीको नेतृत्वमा पछिल्लोपटक भिजिट भिसामा बिदेश जाँदा कागजपत्र शंकास्पद भनी बिमानस्थलबाट फर्काइएका ब्यक्तिहरुका कागजात नक्कली बनाउने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।