सर्वोच्च न्यायाधीशका लागि ६ जना सिफारिस, यी हुन् सिफारिस भएकाहरू (सूचनासहित)



काठमाडौं । न्यायपरिषदले  सर्वोच्च अदालत न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २  जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद स्रोतका अनुसार, कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ ।

 

May be an image of text

उच्च अदालत न्यायाधीशहरू सरूवाः
उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित १८ जना न्यायाधीशको सरुवा तथा काज सरुवा भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले निरौलालाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गरेको छ भने उच्च अदालतमा नै कार्यरत चार जना न्यायाधीशको काज सिफारिस गरेको छ ।

बैठकले उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई विशेष अदालतको अध्यक्षसहित सदस्य तोक्न परामर्श पनि दिएको छ ।

 

May be an image of text

May be an image of textMay be an image of text that says 'उच्च अदालत दिपायल सदस्य ३ે. सदस्य श्री तेजनारायण सिंह राई न्यायाधीश उच्च अदालत जनकपुर. राजविराज इजलास श्री रामबहादुर थापा न्यायाधीश उच्च अदालत विराटनगर, धनकुटा इजलास श्री मुरारीबाबु श्रेष्ठ न्यायाधीश उच्च अदालत पाटन श्री रितेन्द्र यापा न्यायाधीश उच्च अदालत विराटनगर सदस्य सदस्य ६. विशेप अदालतमा तोकिनु भएका उच्च अदालत जनकपुरका न्यायाधीश श्री बलभद्र वास्तोलाको पदाधिकार रहेको अदालतमा काज फिर्ता'