आगलागी पीडितलाई मेयर चाैधरीले गरे सहयोग हस्तान्तरण



लहान । लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले आगलागी पीडितलाई राहत वितरण गरेका छन् ।

लहान नगरपालिका–२१ बेतहा गाउँमा भएको आगलागीमा परी स्थानीय ३ घर जलेर नष्ट भएको हो ।

आगलागीबाट स्थानीय नेन कुमारी साह, विल्टु साह, जगरनाथ साहको घर जलेको खबर पाउनासाथ मेयर चौधरीे राहात सामाग्री लिएर पीडितको घरमा पुगेका थिए ।

नगरपालिकाकाको तर्फबाट त्रिपाल, चामल, दाल, मुरही, सोयाबिनलगायतका सामग्री सहयोग गरिएको थियो ।

उक्त अवसरमा मेयर चौधरीले आगलागीबाट बच्नका लागि स्थानीय आफै चनाखो हुनुपर्ने बताएका थिए । उक्त अवसरमा उपमेयर रामचलितर महतो, प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतम पनि सहभागी थिए ।

May be an image of 10 peopleMay be an image of 11 people