

स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं । संसदको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।
मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।
यसअघि ११ कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडी बढाई धरौटी समेत जम्मा गरिसकेको अवस्थामा रोकिएको थियो ।