अमेरिकाविरूद्ध जितका लागि नेपाललाई २०८ रनको लक्ष्य



काठमाडौं । विश्वकप छनोट अन्तर्गतको खेलमा जितका लागि नेपालले २०८ रनको लक्ष्य पाएको छ ।

टस जितेर बलिङ रोजेको नेपालका बलरहरुले मध्यम प्रदर्शन गरेपछि अमेरिका ४९ ओभरमा १० विकेट बनाउँदै २०७ रनमा बनाएपछि नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि करण केसीले उत्कृष्ट सुरुवात दिलाउँदै अमेरिकाको रनमा अंकुश लगाएका थिए । उनले चार विकेट हात पारे । उनले ९ ओभर बलिङ गर्दा ३ मेडन राखेर ३३ रन दिएर चार विकेट लिएका हुन् ।

सोमपाल कामी घाइते भएपछि टीम–११ मा परेका ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे उनले १० ओभरमा २० रन दिएर १ विकेट हात पारे । त्यस्तै नेपालका लागि गुल्सन झाले १० ओभरमा ५२ रन दिएर ३ विकेट हात पारे ।

नेपालका कुशल मल्लले १ ओभर बलिङ गरे । त्यस्तै नेपालका आरिफ शेखले ४ ओभर बलिङ गरे ।

नेपालका लागि सन्दीप लामिछाने केही महंगो सावित भए पनि अन्य बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । अघिल्लो खेलमा समेत विकेट हात पार्न नसकेका सन्दीपले यस खेलमा पनि विकेट लिन सकेनन् । उनले १० ओभरमा ५८ रन दिएका थिए ।

एक समय १८ रनमा चार विकेट गुमाएको अमेरिकाका लागि सुशान्त मोदीनी र गजानन्दले केही उकासे । त्यसपछि अमेरिकाका लागि शायन जहांगिरले उत्कृष्ट ब्याटिङ गर्दै इनिङ उकासे । उनले ७९ बलमा ३ छक्का र १० चाैकासहित १०० रन बनाए । उनले करिअरकै पहिलो शतक हानेका हुन् ।

त्यस्तै अमेरिकाका लागि सुशान्त मोदानीले ३२ रन बनाए भने गजानन्द सिंहले २६ रन बनाएर आउट भए । त्यस्तै जैसी सिंहले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

अमेरिकाका स्टेभेन टेलरले ४ रन बनाउँदा सैतेजा मुक्कामल्ल शुन्य रनमा आउट भए । त्यस्तै कप्तान अरुण जोनेस २ रनमा आउट हुँदा नोस्टुथु केजेगे १ रनमा आउट भए । त्यस्तै निसर्ग पटेल ८ रनमा आउट भए । त्यस्तै सौरभ नेत्रभालाकार ४ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङका लागि मैदान प्रवेश गरेका क्याली फिलिप दोस्रो बलमा गुल्सनको एलबीडब्लू धरापमा परे ।