पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको नेपाल अमेरिकालाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो पौने १ बजे हरारे क्रिकेट मैदानमा हुनेछ।

लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ। यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो।

सो खेलमा कुशल भुर्तेलले ९९ र आसिफ शेखले बनाएको ६६ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको थियो। सो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको हो। यता अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो।

नेपाल र अमेरिकाबीच यसअघि यो फर्म्याटमा आईसीसी लिग टू अन्तर्गत अमेरिकाको टेक्ससमा भेट भएको थियो। जसमा अमेरिका ३९ रनले विजयी भएको थियो। पछिल्ला पाँच भेटमा दुई खेल नेपालले जित्दा अमेरिका दुई खेलमा विजयी भएको छ भने एक खेल बराबरी भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *