

कार दुर्घटनामा परी अमेरिकामा २ नेपालीको मृत्यु, ४ घाइते

टेक्सास । अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
टेक्सासको टाइलरमा स्थानीय समयअनुसार शनिबार बेलुका ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिंदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा ३४ वर्षीय श्रृजन ज्ञवाली र ११ बर्षीय इमेज कार्की रहेको जनाइएको छ ।
दुर्घटनामा दिनेश कार्की, गंगा कार्की, इभान कार्की र श्रृजन प्याकुरेल घाइते भएका छन् । श्रृजन प्याकुरेलको अवस्था सामान्य रहेको तर अरु तीनजनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ । तीनैजनाको अस्पतालमा उपचार भइरहेको छ ।
घाइते दिनेश कार्की र गंगा कार्की घटनामा ज्यान गुमाउने ११ बर्षका बालक इमेज कार्कीका बुबाआमा हुन् । इभान मृतक इमेजका भाई हुन् ।
मृतक श्रृजन ज्ञवालीले पनि कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।