पत्रकार महासंघको भवन निर्माणका लागि मेयर चौधरीले गरे १० धुर जग्गा हस्तान्तरण



लहान । लहान नगरपालिकाले नेपाल पत्रकार महासंघ सिराहालाई जग्गा उपलब्ध गराएको छ ।

महासंघको भवन निर्माणका लागि नगरपालिकाले लहान नगरपालिकाको वडा नं. ५ मा १० धुर जग्गा उपलब्ध गराएको मेयर महेश चौधरीले जनाए ।

मेयर चौधरीले जग्गा हस्तान्तरण गर्दै पत्रकार महासंघका लागि नगरपालिकाले यथाशक्य सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

महासंघको भवन निर्माण नभएसम्म उक्त जग्गा नजिकै रहेको सचेतना केन्द्रको कोठा पत्रकारहरूको लागि उपलब्ध भएको महासंघका अध्यक्ष मनोज बनैताले जानकारी दिए ।