मेयर चौधरीको प्रमुख आतिथ्यताका साथ सुरु भयो सिराहामा ट्राफिक सप्ताह कार्यक्रम



सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले दूर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहको आयोजना गरेको छ । लहान नगरपालिकाका मेयर महेश चौधरीको प्रमुख आतिथ्यतामा सोमबारदेखि सुरु भएको ट्राफिक सप्ताह एक सातासम्म चल्ने जनाइएको छ ।

उनले उक्त अवसरमा ट्राफिक नियमको पालना गराउनका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अनुरोध समेत गरे । त्यसका लागि नगरपालिकाले पनि साथ दिने उनले बचनबद्धता व्यक्त गरे ।

कतिपय आम सर्वसाधारणले ट्राफिक नियमको पालना गर्नुपर्ने बताए । उनले निर्धारित स्थानमा मात्र सवारी पार्किङ गर्न सर्वसाधारणलाई अनुरोध गरे । ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटना न्यूनीकरण हुने पनि मेयर चौधरीले बताए । त्यसका साथै सवारी साधनमा ओभर स्पीड, हेलमेट नलगाउनेका साथै क्षमताभन्दा बढी यात्रु चढ्न नहुने बताए । त्यस प्रकारको कार्य गर्नका लागि उनले जिल्लामा रहेका सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्ने पनि जनाए ।

त्यस्तै उनले विद्यालयहरुमा लागूऔषधी दुव्र्यसनविरुद्ध जनचेतना जगाउनुपर्ने पनि बताए ।