

बुढानीलकण्ठबाटै समातिए टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा उनीमाथि छ ।
पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट बुटवल हुँदै काठमाडौं हिँडेका उनी फरार थिए ।