पाल्पाका बाबुछोराको तनहुँमा करेन्ट लागेर मृत्यु, आमा घाइते

तनहुँ । तनहुँको कोत्रेमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि बयाम्बु प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

करेन्ट लागेर १९ वर्षीया दिलमाया बयाम्बु घाइते भएकी छिन्। करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *