युवालाई स्वरोजगार बनाउन कावासोतीमा सुरु भयो प्लम्बिङ तालिम



कावासोती । पूर्वी नवलपुरको सदरमुकाम कावासोतीमा सिपमूलक तालिम सुरु भएको छ ।

स्थानीय एवं विभिन्न ठाउँका युवाहरुलाई समेट्दै युवा सिप विकास कार्यक्रम–२०७९ अनुरुप सिजि पोलिटेक्निक र चौधरी फाउन्डेशनको सहकार्यमा प्लम्बिङ सम्बन्धी तालिम सुरु भएको हो ।

बुधबार कावासोतीको कालीगण्डकी प्राविधिक शिक्षालय कावासोतीमा आयोजित एक विशेष समारोहबीच तालिममा सहभागी युवाहरुबीच उक्त तालिम सुरु गरिएको हो ।

No photo description available.

सामाजिक कार्यमा अग्रसर भूमिका निभाउँदै आएको चौधरी फाउण्डेशनले युवाहरुलाई स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ र भविष्यमा पनि गर्दै लैजाने बताएको छ ।

१५ दिनसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेस नवलपुरका उपाध्यक्ष चन्द्रबहादुर रानाले तालिम धेरै लामो भन्दा पनि छोटो समयमा उच्च गुणस्तरको हुनुपर्नेमा जोड दिएका थिए । उक्त तालिममा २० जना युवाहरू सहभागी भएका छन् ।

No photo description available.

त्यस्तै कार्यक्रममा मध्यविन्दु नगरपालिकाकी पूर्वउपमेयर ओमकुमारी महतोले पनि मन्तव्य दिएकी थिइन् ।

उक्त कार्यक्रममा कावासोती वडा नं. ३ का  कांग्रेस वडासभापति कोषराज कार्की र १४ का जीवन श्रेष्ठको  पनि उपस्थिति रहेको थियो ।

त्यस्तै कालीगण्डकी प्राविधिक शिक्षालयका निर्देशक रामचन्द्र भण्डारीले पनि तालिमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

फाउन्डेशनले जिल्लाका अन्य क्षेत्रमा पनि युवा र महिलाहरूलाइ लक्षित गर्दै विभिन्न रोजगारमूलक तालिमहरू  सञ्चालनलाइ निरन्तरता दिइने चाैधरी ग्रुपका सिएचआर प्रमुख यज्ञ पाण्डेले बताए ।