यस्ता छन् हर्क साम्पाङका १०० दिनको प्रगति विवरण



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचित भएको १०० दिनको अवसरमा आफ्ना प्रगतिविवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफूले १०० दिनमा के गरिस् भन्नेहरुका लागि १३ बुँदे उत्तर दिएका छन् ।

उनले बुँदागत रुपमा आफ्ना काम सार्वजनिक गर्दै लेखेका छन्ः

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !

४. ६ लाख विरुवा रोपें !

५. सरसफाइमा देखिने सुधार ल्याएँ !

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !

९. लागु औषध विरुद्धको अभियान शुरु गरें !

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !