शारीरिक अपांगता भएका नागरिकलाई अभिमुखीकरण कार्यक्रम 



ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको आयोजनामा शारिरिक अपाङगता भएका व्यक्तिकहा हक अधिकारका लागि बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम शुक्रवार ललितपुरमा सन्पन्न भएको छ ।

शारीरिक अपांगता भएका व्यक्तिहरुका हक अधिकारका सन्र्दभमा विद्यमान ऐन, कानुन परिमार्जन, सेवा सुविधा, साहयक सामाग्री, पहुँचयु्क्त भौतिक संरचना, शिक्षा, स्वास्थ्य लगायतका  बिषयमा छलफल भएका अयोजक संस्थाका अध्यक्ष बालकृष्ण गै्रहेले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी महिला, बालबाबलिका तथा अपागंता प्रवद्र्वन शाखाकी प्रमुख जमुना मिश्रले मन्त्रालय सवैखाले अपाङगता भएका नागरिकको मुद्दाका बिषयमा संवेदनशिल भएको बतताईन् । आगामी दिनमा अपांगता अधिकारको क्षेत्रमा क्रियाशिल संघ-संस्थासँगको सहयकार्यमा अपाङ्गता भएका नागरिकको हक अधिकारको सवालमा बहस पैरवीको कार्यक्रमलाई अझ बढि सघन रुपमा विस्तार गर्ने लक्ष्य मन्त्रालयले राखेको मिश्रको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष डा बीरेन्द्र राज पोखरेल, अपाङ्गता अधिकारकर्मी कृष्ण गौतम, महेश्वर घिमिरे लगायतले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागी बागमती प्रदेशभित्रका विभिन्न  ४० जना शारिरीक अपाङ्गता भएका नागरिकको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमका साथै भरत जीसी संयोजकत्वमा राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको ११ सदस्यीय बागमती प्रदेश स्तरीय तदर्थ समिति समेत गठन गरिएको छ ।