

नरेश र टीकाको स्वरमा सार्वजनिक हुने तयारीमा ‘केही हुन्न भेट हुँदैमा’

काठमाडौं । गायक नरेश बुढाथोकी र गायिका टीका प्रसाईको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’गीत बजारमा आउन लागेको छ ।
आगामी शुक्रबार सार्वजनिक गरिन लागेको उक्त गीतको भिडियोमा राहुल शाह र मलिका महतले अभिनय गरेका छन् ।
मनोज बस्नेत र एटके एभरेष्ट मोसन पिक्चर्स तथा भाइब एण्ड वेभसँगको सहकार्यमा बजारमा आउन लागेको उक्त गीतको भिडियो राहुल शाहले निर्देशन गरेका छन् ।
यसअघि ‘कान्छी हो कान्छी’गीतमा स्वर दिएका बुढाथोकीले अब आउन लागेको गीत फरक किसिमको भएको बताएका छन् । बुढाथोकीले गाएको कान्छी हो कान्छीमा गायिका अञ्जु पन्तले पनि साथ दिएकी थिइन् ।
नेपाल आइडल सिजन–४ का अडिसन राउण्डमा प्रि–जजको भूमिका निर्वाह गरिसकेका बुढाथोकी लामो समयदेखि संगीत साधनामा लागि रहेकाछन् । पछिल्लो समय लोकप्रियता कमाईरहेका बुढाथोकीले निकट भविष्यमा पनि अन्य गीतहरु ल्याउने तयारीमा रहेको पनि जनाएका छन् ।