

प्रधानसेनापति शर्मा र युएईका राजदूत अलनाक्बीबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।