

२५२ कोरोनामुक्त हुँदा थप २९० जनामा संक्रमण पुष्टी, ३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २५२ पीसीआर र ३८ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १७ हजार ८९ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण १२ हजार ४७३ र एन्टिजेन परीक्षण ४ हजार ६१६ भएको छ ।
पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६ हजार २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म ८ लाख ९ हजार ३८७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७ पुगेको छ ।
२४ घण्टामा २ लाख ४७ हजार ८१४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।