

१२१७४ को परिक्षण गर्दा २८० जना संक्रमित, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा पीसीआर परीक्षणबाट पुष्टि हुने २५५ र एन्टिजेन परीक्षणबाट पुष्टि हुने २५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
बुधबारको मन्त्रालयको प्रेस बिफ्रिङमा डा.अधिकारीले दिएको जानकारी अनुसार २४ घण्टामा ९ हजार १६८ पीसीआर र ३ हजार ६ एन्टिजेन गरी १२ हजार १७४ कोरोना परीक्षण गरिएको छ।
३६६ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या २ छ । २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर २.८ प्रतिशत रहेको सह प्रवक्ता डा. अधिकारीले जानकारी दिएका छन् । अहिलेसम्मको कुल परीक्षणको संक्रमणदर भने १७.६ प्रतिशत रहेको उनले बताए ।