

आज कक्षा १२ को नतिजा निस्कँदै

काठमाडौं । आज कक्षा १२ को नतिजा सार्वजनिक हुने भएको छ । बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको छ । बिहान साढे ९ बजेदेखि बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।
परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।