नेपाल चलचित्र कलाकार श्रमिक संगठनको पाँचौं अधिवेशन सम्पन्न, सहकोषाध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको सहकोषाध्यक्षमा प्रवण भुसाल निर्वाचित भएका छन् । लामो समय देखि नेपाली चलचित्र उद्योग मा निरन्तर लागिरहेका मोडेल तथा अभिनेता, कलाकार प्रवण भुसाल नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट सहकोषाध्यक्ष निर्बिरोध निर्बाचित भयका हुन् ।

प्रवण भुसालले लुकामारी, मन्दिरा, एके—४७ , वान्टेड, ओपेन विन्डोलगायतका चलचित्रमा अभिनेताका रुपमा अभिनय गरेका छन् । नेपाली चलचित्रका साथै विभिन्न विज्ञापनहरुमा पनि अभिनय गरेकार भुसालले अभिनय गरेको चलचित्र घनचक्कर प्रदर्शनको तयारीमा रहेकोछ ।

भुषालले विभिन्न लोक, आधुनिक गितको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।

नेपाली चलचित्रमा काम गर्ने सबैको हक र हितलाई ध्यानमा राखी आफ्नो कार्यकाल पूर्णनिष्ठावान भई पदिय जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गरेका भुसालले आगामी दिनमा चलचित्र क्षेत्रमा काम गर्ने सबैको हक, हितलाई ध्यानमा राख्दै अझै सशक्त ढंगले भूमिका खेल्ने बताए ।

पाँचौ महाधिवेशनले खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेशकुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी र केन्द्रीय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रीय सदस्य डेविलसिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *