लाइसेन्सको आवदेन लिने र परीक्षा भदौबाट सञ्चालन गर्ने तयारीः विभाग



काठमाडौं – लामो समयदेखि बन्द रहेको लाइसेन्स तथा ट्रायल परीक्षा खुलाउन संसदमा माग भएको छ । सांसद भरतकुमार शाहले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै बन्द रहेको यातायात क्षेत्रलाई खुलाउन सरकारलाई आग्रह गरेको छ ।

गत बर्ष झन्डै १० महिना बन्दको लाइसेन्स आवेदन ५ महिना सञ्चालन हुन नपाउँदै २०७८ बैशाखबाट बन्द पुनः बन्द भएको थियो ।यातायात व्यवस्था विभागले भदौबाट लाइसेन्सको आवदेन लिने र लिखित तथा प्रयोगात्मक परिक्षा सञ्चालन गर्न तयारी गरिरहेको छ।

तर, कोरोना भाइरस संक्रमणदर बढिरहेको कारण सम्बन्धित निकाय अन्योलमा रहदै आएको छ । हाल १० लाख भन्दा बढी सेवाग्राही लाइसेन्स आवेदन दिएर बसेका छन ।