

प्रकाश सपुतको नयाँ गीत बदला बरिलै सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रकाशकै कम्पनी भाका नेपालमार्फत् बजारमा ल्याइएको उक्त गीतमा नारीको पीडालाई भिडियोमा उतारिएको छ ।
बलात्कृत नारीहरुको संवेनदालाई जीवन्त चित्रण गरेर तयार गरिएको उक्त भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइरालाले जीवन्त अभिनय गरेकी छिन् ।
प्रत्येक वर्ष नेपाली सांगीतिक दुनियाँमा फरक छाप बनाउन सफल सपुतले यस गीतलाई विल्कुलै नयाँ ढंगले बजारमा ल्याएका छन् ।
देवी घर्तीको स्वर रहेको यस गीत स्वयं प्रकाश सपुतले लेखेका छन् भने म्युजिक भिडियाको निर्देशन पनि सपुतले नै गरेका छन् ।
भिडियोः