

प्रतिनिधि सभा सांसद प्रदीप यादवलाई कोरोना पुष्टी, यादवसहित ६४ मा देखियो कोरोना

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ देखि ६८ वर्ष उमेर समूहका ६१ पुरुष र ३ महिला गरी जम्मा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका उनका सवारी चालक र सुरक्षा गार्डलाई पनि कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।