बेल्जियम एनआरएनएको आईसिसी सदस्यमा शर्माको उम्मेदवारी



काठमाडौं । बाग्लुङमा जन्मिएर बेल्जियमलाई कर्मथलो बनाएका गंगाप्रसाद शर्माले आगामी निर्वाचनका लागि एनआरएनएको आईसीसी सदस्यमा उम्मेदवारी दिने भएका छन । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने ग़ैर आवासीय नेपाली संघको अभियानमा क्रियाशिल रहँदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान आएका शर्माले आगामी निर्वाचनमा आइसिसी उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् ।

एनआरएनए बेल्जियम शाखाको कार्यसमितिमा रहेर काम गरेका शर्माले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, आगामी दिनमा पनि साधन, श्रोत र शक्तिले भ्याएसम्म बेल्जियममा बस्ने नेपालीहरुको हक हितमा लाग्ने जनाएका छन् ।

शर्माले एक विज्ञप्ति निकाल्दै भनेका छन, ‘संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीं धेरै व्यक्ति एउटै पदको आकांक्षी हुंदा संस्थागत हितलाई मध्यनजर गर्दै प्रत्यासी साथीहरुको इच्छालाई सम्बोधन गर्दै आफुलाई एनआरएनएको सिपाहीको रुपमा राखी पहरेदारको भूमिका निर्वाह गरि आएको कुरा पनि बेल्जियम का नेपाली समाजमा जानकारी भएकै बिषय हो। यसपटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियान्ता, समकक्षी साथीभाइ लगायत धेरै शुभेच्छुक हरुको सल्लाह र सुझाब बमोजिम म यहाँहरु माझ आइसिसी उम्मेदवारको रुपमा प्रस्तुत भएको छु।’