

ऐश्वर्या र आरध्या अस्पतालबाट डिस्चार्ज, अमिताभ र अभिषेक डाक्टरको निगरानीमै

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ऐश्वर्याको आमा छोरी सोमबार अस्पतालबाट डिस्चार्ज भएको भन्दै अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी दिएका हुन् ।
उनले ट्वीटमार्फत भने, ‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होलान् । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।’
उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि कोरोनाको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।